अमेरिकाले अनुदानमा दिएको १ लाख डोज फाइजर खोप आइपुग्यो (भिडिओ)
नेपाल प्रेस
२०७८ कार्तिक ८ गते १०:२१
काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको १ लाख ६२० डोज खोप आज बिहान नेपाल आइपुगेको छ ।
कोभ्याक्स संयन्त्रमार्फत नेपालले उक्त परिमाणको खोप प्राप्त गरेको हो । कतार एयरवेजको विमानबाट खोप आइपुगेको हो ।
अमेरिकाले यसअघि पनि १५ लाख डोजभन्दा बढी डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिएको छ । ल्याइएको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फाइजरलाई एक महीनाको अवधिमा दुई डोज लगाउनुपर्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर