वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त
नेपाल प्रेस
२०७८ कार्तिक ८ गते १९:००
काठमाडौं । सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।
निगममा यसअघि अध्यक्ष सुशील घिमिरे अध्यक्ष थिए । उनले राजीनामा दिएपछि सो अध्यक्ष पद खाली थियो । अहिले अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारी यसअघि निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए ।
निगममा हाल कार्यकारी अधिकार प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलसँग छ । उनलाई कमजोर बनाउने गरी सरकारले अधिकारीलाई ल्याएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर