रक्षामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

२०७८ कार्तिक ९ गते १३:२७

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र अमेरिकी राजदूत र्यान्डी बेरीबीच आज रक्षा मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटमा द्धिपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । राजदूत बेरीले नवनियुक्त रक्षामन्त्री रिजाललाई बधाइ दिएका थिए ।
गतसाता राजदूत बेरीले प्रधानसेनापति प्रभु्राम शर्मासँग पनि भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया