नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत
नेपाल प्रेस
२०७८ कार्तिक ९ गते १५:१६
रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार नन्दीकेशर ढकाललाई नेकपा एमालेमै फर्काएका छन् ।
रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्केका हुन् ।
एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफलपछि ढकाल एमालेमा फर्केका हुन् ।
ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेका फर्केका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागी भएका छन् ।
उनी रुपन्देहीका पुराना एमाले नेता हुन् ।
प्रतिक्रिया
One thought on “नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत”
Leave a Reply
सम्बन्धित खवर
Good.