मेलम्चीमा एमालेको नगर अधिवेशन कात्तिक १५ गते हुने – Nepal Press

मेलम्चीमा एमालेको नगर अधिवेशन कात्तिक १५ गते हुने

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन फेरि सरेको छ । नगर अधिवेशन आयोजक कमिटीको मंगलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले यसअघि कार्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै १५ गतेलाई सारेको हो ।

केन्द्रको निर्णय अनुसार कात्तिक ९ गते देशभर नगर अधिवेशन गर्ने भनिए पनि मेलम्चीमा भने पूर्वनिर्धारित तय मिति २ पटक सर्ने भएको हो ।

नगर संयोजक तथा नगरप्रमुख डम्बरबहादुर अर्यालका अनुसार पाटी अध्यक्ष केपीशर्मा ओलीको समय व्यवस्थापन र केहि प्रविधिक कारणले अधिवेशन २ दिन अर्थात कार्तिक १५ गते सर्नु परेको जानकारी दिए ।

नगर अधिवेशनको उद्द्घाटनका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरिएको छ । यसअघि पनि आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तीका कारण नगर अधिवेशन सार्ने निर्णय गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर