बागमतीमा आज मतदान, मुख्यमन्त्री शाक्यकाे भविश्य फैसला हुँदै – Nepal Press

बागमतीमा आज मतदान, मुख्यमन्त्री शाक्यकाे भविश्य फैसला हुँदै

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदैछिन्। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा हुने भएको छ।

गत कात्तिक ४ गते मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव प्रदेशसभामा टेबुल गरिएको थियो।

१०९ सदस्यीय प्रदेशसभामामा बहुमत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ। शाक्यको पक्षको ४३ जना मात्र सांसद छन्।

विपक्षी गठबन्धनतर्फ भने माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ गरी ५९ सांसद छन्।

विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर