नेकपा एसको केन्द्रीय कमिटीमा हेरफेर, यस्तो छ कार्य विभाजनसहित नेतृत्व (सर्कुलरसहित) – Nepal Press

नेकपा एसको केन्द्रीय कमिटीमा हेरफेर, यस्तो छ कार्य विभाजनसहित नेतृत्व (सर्कुलरसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दश दिन नबित्दै केन्द्रीय कमिटीका सदस्यहरु थपघट गर्दै नयाँ सर्कुलर जारी गरेको छ ।

प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले बुधबार जारी गरेको विज्ञप्ति अनुसार केन्दीय कमिटी सदस्यहरुको नाम हेरफेर भएको छ ।

यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि उनीहरुको ठाउँमा नयाँ सदस्य थपेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो ।

पुनर्गठनमा प्रेस चौतारीका सचिव अमृत तिमल्सिना समेत केन्द्रीय सदस्य बन्न सफल भएका छन् भने मन्जु यादव लगायतको वैकल्पिक केन्द्रीय सदस्यबाट बढुवा भएको छ ।

काभ्रेका मुकुन्द गौतम, डोटीका हर्कबहादुर सिंह, बाजुराका हिक्मतजंग शाही लगायत नयाँ केन्द्रीय सदस्य थपिएका छन् । केन्द्रीय सदस्य थपिएसँगै कार्यविभाजन समेत गरेर पठाइएको छ ।

नेकपा एसको कार्यविभाजन यस प्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर