वागमतीमा नयाँ सरकारका लागि दावी पेस गर्न आव्हान – Nepal Press

वागमतीमा नयाँ सरकारका लागि दावी पेस गर्न आव्हान

काठमाडौं । वागमती प्रदेशमा भोलि दिउँसो ३ बजे भित्र नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आव्हान गरिएको छ ।

प्रदेश सभाको सदस्यलाई भोलि (बिहीबार) दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा दावी पेस गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माले आह्वान गरेका हुन् ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्न दावी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयकका प्रवक्ताकृष्ण प्रसाद आचार्यले बताए ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख समक्ष आज लिखित राजिनामा दिएकी थिइन् । उनले राजीनामा दिएलगत्तै नयाँ मुख्यमन्त्री नियुक्तीका लागि  बाटाे खाेलेकाे हाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर