एमाले अधिवेशन : पोखरा महानगर अध्यक्षमा ५ जनाको उम्मेदवारी – Nepal Press

एमाले अधिवेशन : पोखरा महानगर अध्यक्षमा ५ जनाको उम्मेदवारी

पोखरा । दशौं महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी एमालेको पालिका अधिवेशन पोखरामा बल्ल सुरू भएको छ । सुरुमै सर्वसम्मतिको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि मनोनयन दर्ता सुरू भएको छ । महानगरको नेतृत्वका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका अध्यक्ष दीपक पौडेलसहित नेताहरू तेजनारायण अधिकारी, दीलिप न्यौपाने, हरि त्रिपाठी र धनबहादुर नेपालीले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै, उपाध्यक्षमा ६ जना र सचिवमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । मोहन गुरुङ, बैनबहादुर गुरुङ, उमा परियार, राजकुमारी भुजेल, यशोधा भट्टराई र चिरन्जिवी पोख्रेल उपाध्यक्षको प्रतिस्पर्धामा छन् । सचिवमा जीवन आचार्य र गोकर्ण अधिकारी मात्रै उम्मेदवार बनेका छन् ।

उपसचिवमा भने धेरैको मनोनयन परेको छ । सीमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, खड्कबहादुर विश्वकर्मा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुनले उम्मेदवारी दिएका छन् ।

यस्तै, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुभाष ढुंगाना र सीता विकले पनि उपसचिवमा दावी गरेका छन् ।

सबै पदाधीकारी एक एक जना तथा उपसचिव दुई जना निर्वाचित हुनेछन् । मनोनयनपछि पनि सर्वसम्मतको प्रयास भइरहेको छ । दीलिप न्यौपाने र दीपक पौडेलबीच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले पदाधिकारीमा उम्मेदवारी दिनेमध्ये अधिकांश महानगरका वडाध्यक्ष छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर