ओखलढुंगाका ८ वटै पालिकामा एमाले अधिवेशन, यी हुन् नव निर्वाचित पदाधिकारी (सूचीसहित) – Nepal Press

ओखलढुंगाका ८ वटै पालिकामा एमाले अधिवेशन, यी हुन् नव निर्वाचित पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला अन्तर्गतका आठवटै स्थानीय तहका अधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएको छ । एक नगरपालिका र ७ गाउँपालिका रहेको ओखलढुंगाका वडादेखि पालिका तहसमम सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला अध्यक्ष मोहन श्रेष्ठले बताए ।

कतिपय जिल्लामा दश बुँदे सहमति कार्यन्वयनको समस्या भए पनि ओखलढुंगामा पार्टी एकढीक्का भएर वडादेखि पालिकासम्मका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको र एमाले बिगतमा भन्दा बलियो बनेको जिल्ला इन्चार्ज तथा सांसद यज्ञराज सुनुवारले बताए ।

जिल्ला अधिवेशनमा इन्चार्ज सुनुवार, केन्द्रीय सदस्य किशोर अधिकारी, प्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला अध्यक्ष मोहन श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु नानीबाबु बुढाथोकी, बालकृष्ण ढुंगेल लगायतका नेताहरु सक्रिय भएका थिए । ओखलढुंगामा जनप्रतिनिधिसहित माओवादीबाट ठूलो हिस्सा नेकपा एकता प्रक्रियाकै निरन्तरता अनुसार एमालेमा समाहित भएको छ ।

एमालेका ८ वटा पालिकाका अध्यक्ष र सचिव यस प्रकार छन् ।

खिजिदेम्बा गाउँपालिका  
अध्यक्ष कोपबहादुर सुनुवार
सचिव तिलक सुनुवार
मोलुङ गाउँपालिका
अध्ययक्ष सन्जय खत्री
सचिव मित्र सुनुवार
चिसंखुगढी गाउँपालिका
अध्यक्ष जीवन थापा
सचिव उत्तमबहादुर राई
सिद्धिचरण नगरपालिका
अध्यक्ष मोहन केसी
सचिव कृष्णबहादुर कार्की
माने भन्ज्याङ गाउँपालिका
अध्यक्ष चित्र तामाङ
सचिव उमेश कार्की
सुनकोशी गाउँपालिका
अध्यक्ष पञ्चवहादुर तामाङ
सचिव किरणबहादुर मगर
चम्पादेवी गाउँपालिका
अध्यक्ष खेम मिश्र
सचिव सुमन घिमिरे
लिखु गाउँपालिका
अध्यक्ष राम कुमार अछामी मगर
सचिव रेशम बिष्ट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर