हङकङमा नयाँ फिल्म कानून लागू : राष्ट्रिय सुरक्षा विरोधी फिल्मलाई प्रतिबन्ध लगाइने – Nepal Press

हङकङमा नयाँ फिल्म कानून लागू : राष्ट्रिय सुरक्षा विरोधी फिल्मलाई प्रतिबन्ध लगाइने

चीनको राष्ट्रिय सुरक्षा चासोलाई उल्लंघन गर्ने फिल्मलाई प्रतिबन्ध लगाउने एक कानूनलाई हङकङको विधान सभाले अनुमोदन गरेको छ । हङकङको यो कदम त्यहाँका अभिव्यक्ति स्वतन्त्रता पक्षधरलाई धक्का भएको बताइएको छ ।

यो नयाँ कानूनको उल्लंघन गर्नेलाई ३ वर्ष जेल र १ लाख ३० हजार अमेरिकी डलरको सजाय तोकिएको छ । आलोचकले यो कानूनले हङकङको गतिशिल फिल्म उद्योगलाई उँधो गतिमा लैजाने भन्दै विरोध गरेका छन् ।

गतवर्ष हङकङले आलोचकलाई दबाउन राष्ट्रिय सुरक्षा कानून लागू गरेको थियो । सन् २०१९ मा लोकतन्त्र पक्षधरको चर्को आन्दोलनपछि सरकारले राष्ट्रिय सुरक्षा कानून ल्याएको थियो ।

मुख्यतः पृथकतावादी, लोकतान्त्रिक संस्थाहरुलाई हानी पु¥याउने, आतंकवाद र विदेशी स्वार्थ समूहको चासोविरुद्ध हङकङले यो कानून ल्याएको थियो ।

हङकङको विधायक सभाको कुनै विरोध बिनै फिल्मलाई सेन्सर गर्ने यो कानून पारित भएको हो । हङकङ सहर प्रशासनको दोसो शक्तिशाली पद मुख्य सचिवलाई फिल्मको अनुमति पत्र खारेज गर्ने अधिकार दिइएको छ ।

आलोचकले विरोधका आवाज दबाउन यो कानून ल्याएको बताएपनि चीनले स्थायित्व कायम गर्न यस्तो नियम ल्याउनुपरेको बताएको छ ।

विज्ञ र फिल्म निर्माता चाहिँ यो कानूनको सम्भावित प्रभावलाई लिएर चिन्तित भएका छन् । विशेषगरि अनलाइनमा फिल्म पोस्ट गर्दा हुनसक्ने अभिव्यक्ति स्वतन्त्रताको कडाइबारे उनीहरुको चिन्ता छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर