बल्ल-बल्ल बसेको प्रतिनिधिसभाको बैठक पनि प्रभावहीन, एमालेको अवरोधपछि स्थगित – Nepal Press

बल्ल-बल्ल बसेको प्रतिनिधिसभाको बैठक पनि प्रभावहीन, एमालेको अवरोधपछि स्थगित

काठमाडौं । दशैंपछि पहिलोपटक आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले अवरोध कायमै राखेको छ । बैठक सुरू हुनेबित्तिकै यसअघि झैं एमाले सांसदहरू उठेर नारावाजीमा उत्रिए भने सभामुख अग्निप्रसाद सापकोटाले पनि सदनको गतिरोध अन्त्य गर्न आग्रह गरिरहे ।

अनुरोधका बीच पनि एमालेले आफ्नो विरोधलाई जारी राखिराखेपछि सभामुखले कर्मकाण्डी तरिकाले सदनअघि बढाए । विरोधकाबीच सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए भने कानून मन्त्रीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरे ।

त्यस्तै सभामुखले नै बिरामी भइ उपचाररत रहेका कारण सदनका १३ बैठकसम्म अनुपस्थित रहेकाहरुको सूचना पढेर सुनाएका छन् । लगत्तै उनले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगन गरे ।

अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएको भन्दै एमालेले सदन निरन्तर अवरोध गरेयता सदन प्रभावकारीरूपमा चल्न सकेको छैन ।

सभामुख र सत्तारुढ दलहरुले प्रमुख प्रतिपक्षीसँग संवाद गरेर निकास खोज्न सकेका छैनन् भने एमालेले पनि निरन्तर अवरोध गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर