एमालेले भन्यो- इजलास बहिस्कार न्यायपालिका सुधारका लागि होइन, केही न्यायाधीश र सत्ताधारीको साँठगाँठ (भिडिओ) – Nepal Press

एमालेले भन्यो- इजलास बहिस्कार न्यायपालिका सुधारका लागि होइन, केही न्यायाधीश र सत्ताधारीको साँठगाँठ (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको इजलास बहिस्कार लगायतका घटनाक्रम न्यायपालिका सुधारका लागि नभएर विभिन्न व्यक्तिका इगो र स्वार्थका लागि भएको ठहर गरेको छ ।

स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले न्यायलयका केही व्यक्ति र सत्ता गठबन्धनका केही नेताहरुको साँठगाँठले समस्या आएकाले उनीहरुको स्वार्थमा एमाले नअल्झिने बताए ।

ज्ञवालीले भने- अहिले सर्वोच्चमा भइरहेको इजलास बहिस्कार न्यायपालिका सुधारका लागि होइन, केही नेता र व्यक्तिको स्वार्थमा हो । एकजना व्यक्तिलाई टार्गेट गरेर, एकजनालाई हटाए म क्युमा आउँथे भन्ने कतिय न्यायाधीशलाई होला । कतिपय वकिललाई मन नपर्ने न्यायाधीश हटाएर आफूले भने अनुसारको न्यायाधीशबाट भने बमोजिम फैसला गराउन सकिन्छ भन्ने होला । सत्ता गठबन्धनका कतिपय नेतालाई लागेको होला तर्साएर राखेपछि आफ्नो विपक्षमा फैसला हुँदैन । यस्ता स्वार्थमा एमालेलाई पर्नु छैन ।

ज्ञवालीले इजलास बहिस्कार गरेर नागरिकको संविधान प्रदत्त मौलिक अधिकार हनन गर्नु असाध्यै अशोभनीय क्रियाकलाप भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर