विशेष अदालत बार इकाइ गठन, यस्तो बन्यो संस्थापक कार्य समिति – Nepal Press

विशेष अदालत बार इकाइ गठन, यस्तो बन्यो संस्थापक कार्य समिति

काठमाडौं । नेपाल बार एशोसियसन अन्तर्गत नयाँ बार थपिएको छ । हालसम्म ८९ वटा बार रहेकोमा विशेष अदालत बार एशोसियसन ९० औं बार बनेको छ । बिहीबारको भेलाले विशेष अदालत बार इकाइ गठन गरेको हो ।

विशेष अदालतबाट भएका ५ वटा फैसलामा बहस गरेका वकिलहरुले मात्र विशेष अदालत बार इकाइको सदस्यता पाएका छन् । उनीहरुको भेलाले चुडामणी पौडेल अध्यक्ष र राधिका खतिवडा उपाध्यक्ष रहेको १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्य समितिको सचिवमा टीका कुँवर, कोषाध्यक्ष युवराज बन्जाडे र सहसचिवमा मनिषा बस्नेत छन् । सर्बोच्च बारकै मोडलमा विशेष अदालत बार एशोसियसनमा ५ वटा फैसलामा बहस गरेका वकिललाई मात्र सदस्यता दिइने उपाध्यक्ष खतिवडाले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *