चितवनमा पालैपालो शीर्ष नेताः एमाले अध्यक्ष ओली पनि आउँदै, पार्टीको महाधिवेशनस्थल अवलोकन गर्ने – Nepal Press

चितवनमा पालैपालो शीर्ष नेताः एमाले अध्यक्ष ओली पनि आउँदै, पार्टीको महाधिवेशनस्थल अवलोकन गर्ने

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आउन लागेका छन् । एमाले भरतपुर महानगर कमिटिको अधिवेशन उद्घाटन र केन्द्रीय महाधिवेशन स्थल अवलोकन गर्न चितवन आउन लागेका हुन् ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार कात्तिक १५ गते ओली चितवन आउन लागेका हुन् । भरतपुर हाकिमचोकमा रहेको सिएमटी रिसोर्टमा महानगरको अधिवेशन १५ गते बिहान ११ बजेदेखि सुरु हुनेछ ।

‘अध्यक्ष ओली पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहा पनि पुग्ने कार्यक्रम छ’, रावलले भनिन्, ‘माडी अयोध्याधाम पनि जाने सम्भावना छ।’

एमालेको यही मंसिर १०–१२ गते चितवनमा केन्द्रीय महाधिवेशन हुँदैन । महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख जनता उतार्ने एमालेको तयारी छ । बन्दसत्रमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

एमाले चितवन क्षेत्र नम्बर ३ का अध्यक्ष श्याम विष्टले अध्यक्ष ओलीले माडीको अयोध्याधाम पनि भ्रमण गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर