एमालेका महाधिवेशन प्रतिनिधि चयन कात्तिक २७ गते हुने – Nepal Press

एमालेका महाधिवेशन प्रतिनिधि चयन कात्तिक २७ गते हुने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन कात्तिक २७ गते हुने भएको छ ।  केन्द्रीय कमिटीको बैठकमा कात्तिक २७ गते देशभर सबै जिल्लामा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने प्रस्ताव पेस भएको छ ।

एमालेको महाधिवेशन मंसीर १० देखि १२ सम्म हुँदैछ । भूगोलबाट ११९६ प्रतिनिधि चयन हुनेछन् भने बाँकी पदेन र मनोनित हुनेछन् । केन्द्रीय सदस्यले भने प्रतिनिधिको संख्या बढाउन माग गरेका छन् ।

याे पनि पढ्नुहाेस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर