विवेकशील साझा विवादः अध्यक्षको दस्तावेज खारेज गर्ने असन्तुष्ट समुहको निर्णय – Nepal Press

विवेकशील साझा विवादः अध्यक्षको दस्तावेज खारेज गर्ने असन्तुष्ट समुहको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीको असन्तुष्ट समूहले संस्थापन पक्षको बैठकबाट हिजो पारित भएको अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई अस्वीकार गरेको छ । असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिका अनुसार संयोजक मिलन पाण्डे लगायत सचिवालयका सदस्यहरुबाट प्रस्तुत राजनीतिक प्रस्तावलाई स्वीकार गर्दै अझै समृद्धि बनाएर जाने निर्णय भएको छ ।

‘पार्टी अध्यक्षबाट प्रस्तावित दस्तावेजलाई बैकल्पिक राजनीतिको मूल आशय र मर्मविपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

बैठकले पार्टीमा मुख्य नेताहरुले पार्टीमा देखिएको संकट र समस्याको सुरुवात अध्यक्षले नै गरेको ठहर समेत गरेको छ । पार्टीभित्र भएका अनुशासन उल्लंघनका घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न पार्टी विधान अनुसार न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर