कैलालीको १ सय १० वडा कमिटीमा एमालेको सर्वसम्मत नेतृत्व चयन – Nepal Press

कैलालीको १ सय १० वडा कमिटीमा एमालेको सर्वसम्मत नेतृत्व चयन

कैलाली । कैलालीमा एमालेले शुक्रबार ११० वडामा अधिवेशन सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले केन्द्रिय सदस्य तथा कैलाली सह इन्चार्ज लिला भण्डारीले जानकारी दिइन् ।

बाँकी रहेका १६ वटा वडाहरूमा पनि शनिबार अधिबेशन हुने उनले बताइन् । ‘आज र भोलि पनि सहमति मै नेतृत्व चयन हुन्छ´ उनले भनिन् `सबैमा पार्टी बलियो बनाउनु पर्छ भन्ने देखियो । कहि कतै निर्वाचन हुने अवस्था छैन ।´

मुलुकका अन्य क्षेत्रमा कार्तिक ६ गते वडा अधिवेशन सुरु भएको थियो । तर सुदूर पश्चिम प्रदेशमा भने बाढी पहिरोले ठुलो क्षति गरेको हुँदा अधिवेशन केही पर धकेलिएको थियो ।

प्रदेश पार्टी कार्यालयले १२ गरे वडा र १५ गरे नगर अधिवेशनको मिती तोकेको थियो । बाढी र पहिरो बाट कम क्षती भएका र अधिवेशनको तयारी गरेका प्रदेशका केही जिल्लाका केही वडामा भने यस अघि नै अधिवेशन सुरु भएको थियो ।

कैलाली कन्चनपुर लगायतका केही जिल्लामा भने शुक्रबार एकै साथ अधिवेशन सुरु भएको हो । कैलालीमा एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नारदमुनी राना,केन्द्रिय सदस्य एवं सह-इन्चार्ज लिला भण्डारी, कैलाली अध्यक्ष रतन थापा, एमाले नेता गौरीसंकर थारु खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर