आफू बन्नका लागि देश बिगार्नेहरुबाट एमालेलाई जोगायौं : केपी ओली (लाइभ) – Nepal Press

आफू बन्नका लागि देश बिगार्नेहरुबाट एमालेलाई जोगायौं : केपी ओली (लाइभ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका चाडपर्वहरुले देशको विविधतालाई एकताबद्ध बनाएको बताएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कुनै पनि शक्तिले कमजोर पार्न नसक्ने र आउने चाडबाडसँगै महाधिवेशन पनि नेपाली जनताको एउटा पर्व भएको बताए ।

ओलीले सिन्धुपाल्चोकमा एमालेका नेता कार्यकर्ता मिलेर पार्टीलाई फुट्न नदिएकोमा धन्यवाद दिदै आफू बन्नका लागि देश बिगार्नेहरुलाई साथ नदिएको भन्दै नेताहरुलाई धन्यवाद दिए ।

सिन्धुपाल्चोकमा एमाले विभाजनअघि माधव नेपाल समूह बलियो थियो,तर सो समूह अहिले एमालेमै रहेको छ । ओलीले एकजना मन्त्रीले कर्मचारीको शुभकामना लिने क्रममा आफू देश बनाउन नआएको भन्दै कमाउनका आएको बताएको दृष्टान्त सुनाए । ओलीले अहिले एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर