नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य एमालेमै फर्किए, अरु साथीलाई पनि फर्कन आग्रह – Nepal Press

नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य एमालेमै फर्किए, अरु साथीलाई पनि फर्कन आग्रह

दैलेख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीका सदस्य बखतबहादुर खत्री एमालेमै फर्किएका छन् । आज एक कार्यक्रमबीच एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेलले उनलाई पार्टी प्रदेश गराएका हुन् ।

‘नेकपा एमाले नै जनताको पार्टी हो । एमालेले मात्रै जनताको चाहनाअनुसारका कामहरु गर्छ । एमाले नै परिवर्तनको संवाहक हो’ एमाले प्रवेश गर्दै खत्रीले भने । खत्रीले नेकपा एसमा लागेका अरुलाई पनि एमालेमै फर्कन आग्रह गरे ।

उनी समाजवादीको प्रदेश कमिटीको सदस्य भएपनि एमाले जिल्ला सचिवालय सदस्यको रुपमा फर्केका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर