‘हड्ताल’ मा उत्रिएका न्यायायाधीश एक सातापछि इजलास फर्किए – Nepal Press

‘हड्ताल’ मा उत्रिएका न्यायायाधीश एक सातापछि इजलास फर्किए

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै ‘हड्ताल’ मा उत्रिएका न्यायाधीशहरू अन्तत: इजलास फर्किएका छन् । कात्तिक ८ देखि आन्दोलनरत् न्यायाधीशहरू आजबाट इजलास प्रवेश गरेका हुन् ।

सर्वोच्चका १५ जना न्यायाधीशहरू बेन्च बहिष्कार गरेर संवादहिनतामा रहेकोमा हिजो न्यायाधीशहरू अनिल सिन्हा र सपना प्रधान मल्ल आएपछि संवाद जोडिएको थियो ।

असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग वार्ताका लागि अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मा सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन भएपछि हिजै वार्ता भएको थियो ।

प्रधानन्यायाधीशले आज पेसी तोक्दा बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा स्थगित गरेका थिए । आज बन्दी प्रत्यक्षीकरण मुद्दा सुनुवाइका लागि ६ वटा इजलास गठन गरिएका छन् ।

प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको सन्देश पठाएका कारण वार्ता टोलीले त्यस्तो बहिर्गमनको अर्थ खोजेको बताइएको छ ।

त्यसको निश्चित गर्न पनि वार्ता टोली तथा असन्तुष्ट न्यायाधीशहरूबीच छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर