केपी ओलीका कारण नेकपाको बहुमत आएको होः नेता शाह – Nepal Press

केपी ओलीका कारण नेकपाको बहुमत आएको होः नेता शाह

तीनपटक कांग्रेसबाट वडाध्यक्ष जितेका थापासहित तीनजना एमाले प्रवेश

दैलेख । नेकपा एमालेका नेता विनोदकुमार शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण तत्कालीन नेकपाको बहुमत आएको बताएका छन् । आज आठबीस नगर कमिटीको पहिलो अधिवेशनलाई उदघाटन गर्दै नेता शाहले दुर्इ पार्टीबीच कार्यगत एकता भएको र त्यसैमा ओलीको छविका कारण बहुमत आएको बताएका हुन् ।

उनले एमाले अब नेकपाकै रुपमा भएको बताउँदै केही स्वार्थीहरु मात्रै चोइटिएर गएको बताए । अहिले नेकपा एमाले थप बलियो भएको बताउँदै अधिवेशनमा सकेसम्म सर्वसम्मत, क्षमतावान नेता कार्यकर्तालाई छान्न सुझाव दिए ।

यसैबीच, नेकपा एमालेको अधिवेशन उदघाटन सत्रमा तीनजना एमाले प्रवेश गरेका छन् । आठबीस नगरपालिका– १ मा तीन कार्यकाल काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भक्तबहादुर थापा, सोही वडाका लालबहादुर थापा र वडा नम्बर ६ राँताका जगतप्रसाद आचार्य एमालेमा प्रवेश गरेका हुन् ।

अधिवेशनमा नगर अध्यक्षमा अमरबहादुर माझी, छिताराम विक, हर्कबहादुर शाही, पर्वसिंह विक, दिपेन्द्रराज खनाल, वीरबहादुर माक्र्सवादी, हिक्मत बस्नेत र हरि शाहीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर