बीउमा ठगिएका किसान धानकाे बाेट बाेकेर सडकमा (तस्बिरहरु)
काठमाडौं । अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिले गुणस्तरहीन धानको बीउका कारण समस्यामा परेका उपत्यकाका किसानको समस्या समाधानको माग राख्दै माइतीघरमा प्रर्दशन गरेका छन् ।
मंगलबार पीडित किसानहरुले माइतीघरमा दाना नलागेको धानको बोट नै बोकेर विभिन्न माग राखेर विरोध प्रर्दशन गरेका हुन् ।
पीडित किसानहरुले गुणस्तरहिन धानको बीउ आयातकर्ता र बिक्रेतालाई कारबाहीको माग राख्दै बेमौसमी वर्षाका कारण भएको धान किसानको क्षतिको उचित क्षतिपूर्तिको व्यबस्था गर्न आग्रह गरेका छन् ।
यस्तै उनीहरुले किसानको धान लगायत उत्पादन खरिद गर्ने, खरीद केन्द्र स्थापना, साना किसानको ऋण मिनाहा, ठुला किसानको ब्याज मिनाहा,निःशुल्क कृषि बिमाको व्यवस्था, किसान पेन्सनको व्यवस्था र किसान कार्ड अनिवार्य तत्काल लागु गर्नुपर्ने लगायतका माग राखेका छन् ।
काठमाडाैं उपत्यकाका किसानले लगाएकाे धानकाे बिउ गुणस्तरहिन परेकाे थियाे । उनीहरुले लगाएकाे धानमा दाना नलागेपछि चिन्तित छन् ।