कर्णाली प्रदेश : नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी – Nepal Press

कर्णाली प्रदेश : नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उनले मंगलबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेस गरेका हुन् ।

शाहीलाई प्रदेशसभाका २१ सांसदको समर्थन छ । मुख्यमन्त्रीमा दाबी पेसका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेसम्मको समय सीमा तोकेका थिए ।

प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार आजै राति मुख्यमन्त्री नियुक्त भइ शपथ गराइनेछ । मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राति साढे आठ बजे सपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ । आज मुख्यमन्त्रीलाई मात्रै सपथ ग्रहण गराइनेछ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेससँगको पूर्वसहमतिअनुसार सोमबार पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर