न्यायालयको विवाद न्यायालय भित्रै मिलानुपर्छ: महत – Nepal Press

न्यायालयको विवाद न्यायालय भित्रै मिलानुपर्छ: महत

काठमाडौं । नेपाली कांग्रेसका नेता रामशरण महतले न्यायालय भित्रको विवाद न्यायालय भित्रै मिलाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित चियापन कार्यक्रममा महतले प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरुबीचमै फरक मत भएकाले उनीहरुबीचमै समझदारी हुनुपर्नेमा जोड दिए । प्रधानन्यायाधीशले अन्य न्यायाधीशको आवाज सुनेर उनीहरुको चित्त बुझाउने कोसिस गर्नुपर्ने उनको सझुाव छ।

नेपालप्रेससँग कुरा गर्दै महतले भने, ‘न्यायालमा आन्तरिक विवाद भइरहेको छ, त्यो त्यही समाधन हुनुपर्छ । राजनीतिले नै निर्णय गर्न सक्ने होइन । प्रधानन्यायाधीशको एउटा दृष्टिकोण छ । अरु न्यायाधीशहरुको अर्को दृष्टिकोण छ। बारको अर्को दृष्टिकोण छ ।’

उनले थपे, ‘उहाँहरुकै बीचमा सझदारी हुनुपर्छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशले उनीहरुको आवाज सुनेर चित्त बुझाउनुपर्छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर