माधव नेपालको दावी- आगामी चुनावमा एमालेविरुद्ध पाँच दलको गठबन्धन हुन्छ – Nepal Press

माधव नेपालको दावी- आगामी चुनावमा एमालेविरुद्ध पाँच दलको गठबन्धन हुन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।

मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरे ।

‘कसैले भ्रम नपाले हुन्छ– आजै चुनाव, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने ।

नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे । ‘पाँच दलको गठबन्धन बलियो हुनेछ । पाँच दलीय गठबन्धन कसैले भत्काउन सकिँदैन,’ उनले भने ।

अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिह्न भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे ।

‘कलम छापको अभियान अघि बढ्दै जान्छ । पार लगाइन्छ जितिन्छ सफलता हात पारिन्छ,’ उनले भने, ‘निर्वाचनको मैदानमा विभिन्न ठाउँको आंकलन गरिरहेका छौं । हामी जित्नेछौं । हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

नेता नेपालले एमालेमा रहेका १० भाइलाई नेकपा एसमा आउन आह्वान गरेका छन् । एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको कामै खिसिट्युरी गर्ने भएको उनको भनाइ थियो ।

ओलीकै शब्द र स्वरमा क्यारिकेचर गर्दै अध्यक्ष नेपालले भने, ‘अस्ति भर्खर रौतहटमा १५ हजार मान्छेको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । हाम्रा विरोधी भनिनेहरु खिसिट्युरी गर्दै थिए, ‘कति मान्छे आउलान र जम्मै कुर्सी नै खाली होला’ भन्या थे । जब त्यहाँ १५ हजार मानिस ओर्लिए । दुई हजार मोटरसाइकल सडकमा कुद्न थाले । पूरा जिल्लामा तरंग पैदा गर्‍यो । सातो गएछ तिनीहरुको ।’

उनले थपे, ‘उनीहरुको कामै खिसिट्युरी गर्ने हो । गफडी जमात हो । त्यो बाहेक केही जानेकै छैन । काम गर्ने कम गफ गर्ने ज्यादा, गाउँघरमा यस्तालाई गफाडी भनिन्छ । हामी कामकाजी हौं । विराटनगर मोरङमा पनि दुई हजार आउलान कि भन्ने थियो, सात हजार मान्छे आइदिए । सोचेको भन्दा पनि आकर्षण छ । कैलाली, कञ्चनपुर, पोखरा, स्याङ्जा पुगेको थिए नयाँ तरंग छ ।’


प्रतिक्रिया

One thought on “माधव नेपालको दावी- आगामी चुनावमा एमालेविरुद्ध पाँच दलको गठबन्धन हुन्छ

  1. तल्लो दर्जाको भारतीय दलाल हो माकुने,देश बिकाश र राष्ट्रवाद को झण्डा फहराइएको एमाले खत्तम पार्छु भन्छ हिम्मत छ भारतीय दलाल कुकुर ?एमाले ले एक्लै बहुमत ल्याउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर