एमसीसीलाई सरकारको जवाफ : गठबन्धनमा सहमती जुटाउन प्रयास भैरहेको छ(भिडिओ) – Nepal Press

एमसीसीलाई सरकारको जवाफ : गठबन्धनमा सहमती जुटाउन प्रयास भैरहेको छ(भिडिओ)

काठमाडौं । नेपालले अमेरिकी अनुदान सम्झौता (एमसीसी) पास गर्नेबारे सत्तारुढ गठबन्धनसँग सहमती जुटाउने प्रयास भैरहेको जवाफ एमसीसी मुख्यालयलाई दिएको छ ।

कोप-२६ सम्मेलन साइडलाइनमा भएको एमसीसी सीइओ एलेक्सिया लाटोट्रीसँगको भेटमा आफूले यस्तो जवाफ दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी दिए ।

आज बिहान स्वदेश फर्किएका देउवाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘उहाँहरुले कहिलेसम्म पास हुन्छ भनेर सोध्नुभयो । मैले गठबन्धन पार्टनरहरुसँग कुरा भैरहेको छ भनेँ ।’

छिटै पत्रकार सम्मेलन आयोजना गरेर एमसीसीबारे जानकारी दिने तयारी भएको समेत देउवाले बताए । अध्यादेश ल्याउनुपर्ने कारणले संसद रोकिएको बताउँदै उनले प्रचण्ड र आफूले एमसीसीले सोधेका प्रश्नहरुको जवाफ पठाएको समेत स्मरण देउवाले गरे । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर