वसन्तपुरमा नयाँ वर्षको रौनक (हेर्नुस् १४ तस्बिर) – Nepal Press

वसन्तपुरमा नयाँ वर्षको रौनक (हेर्नुस् १४ तस्बिर)

काठमाडौं । नेपाल संवत ११४२ आजदेखि सुरु भएको छ । नेपालमा विक्रम सम्वतकै क्यालेण्डर प्रयोग हुने भए पनि यसलाई मौलिक सम्वतका रुपमा विशेष गरी नेवारी समुदायले नेपाल सम्वतलाई मान्दै आएको छ ।

नेपाल भाषामा न्हूदयँ भिन्तुना भनिने नयाँ वर्षको अवसरमा काठमाडौंको वसन्तपुरमा प्रभातफेरि निकालिएको छ । नेकपा एमाले महानगर कमिटीसहित नेवार समुदायका संस्थाहरु मिलेर संयुक्त रुपमा प्रभातफेरि निकालेका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको समेत उपस्थिति थियो । सयौंको संख्यामा उपस्थितहरुले नेवार भेषभूषामा धिमे बाजासहित बजार परिक्रमा गरेका थिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका हुन् । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने ।

कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर