पूर्व प्रधानमन्त्री भट्टराईले लगाए भाइटीका
नेपाल प्रेस
२०७८ कार्तिक २० गते १४:४४
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन्।
भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराई रउनकाे दाजुभाइलाई आफ्नी बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिएकी हुन्।
भाइटीका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गर्दै भट्टराईले टीका ग्रहणसँगै परिवारकासाथ तिहारको रमाइलो भएको बताएका छन् ।
प्रतिक्रिया
सनातनको बिरोध र इसाइको बजारीकरण गर्न कहिलै छोडदैन तर समाजलाई देखाउन भनेपनि सनातन धर्म संस्कृतिलाई पछ्याइ रहन्छ ।