एन्जेलिना जोलीको ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुँदै – Nepal Press

एन्जेलिना जोलीको ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुँदै

काठमाडौं । एन्जेलिना जोली स्टारर हलिउड फिल्म ‘इटर्नल्स’ शुक्रबार नेपालमा रिलिज हुने भएको छ । अस्कर अवार्ड विजेता निर्देशक केओल झाओ निर्देशित सुपरहिरो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

भारतमा गतसाता प्रदर्शनमा आएको यो फिल्म मार्भल स्टुडियोको प्रतीक्षित प्रोेजेक्ट हो । फिल्ममा जोलीसहित गेम्मा चेन र रिचर्ड म्याडनको समेत मुख्य भूमिका छ ।

पृथ्वीमा आइपरेको संकटलाई जोगाउन सुपरहिरोहरुले खेल्ने भूमिका यसको कथावस्तु हो । भारतमा यो फिल्मले पहिलो दिनमा झन्डै ८ करोड कमाइ गरेको छ ।

कोरोना महामारीपछि हलहरु खुलेसँगै हलिउड फिल्महरु नो टाइम टु डाइ, एफ-नाइन, ड्युन र भेनमले राम्रो प्रदर्शन गरिरहेको बेला इटर्नल्स प्रदर्शन हुन लागेको हो । नेपालमा जोलीका फ्यानहरु प्रशस्तै भएकाले यो फिल्मले राम्रो कमाइ गर्ने अपेक्षा हल संचालकले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर