कांग्रेस बैतडीको नक्कली फेसबुक, कु-प्रचार गरिएको भन्दै आपत्ति – Nepal Press

कांग्रेस बैतडीको नक्कली फेसबुक, कु-प्रचार गरिएको भन्दै आपत्ति

बैतडी । नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक अकाउन्ट बनाइएको भन्दै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ ।

उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहेका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेकाले कारवाहीको माग गरिएको हो ।

केही महिनायता अनाधिकृत रुपमा फेसबुक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएको भन्दै सभापति नरेन्द्र सिंह थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।

अनधिकृत रुपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारवाहीका लागि सम्बन्धित निकायसँग नेपाली कांग्रेसले प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी महाधिवेशनका लागि उपसभापति चन्दको नेतृत्वमा र पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा छुटृाछुटृै समूह घोषणा गरेर प्रचारप्रसार गर्न थालिएको छ ।

सभापतिका उम्मेदवार रहनुभएका चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उहाँ विरुद्ध अनाधिकृत रुपमा फेसबुक आइडी र पेज प्रयोग गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर