न्यायपालिकालाई लयमा फर्काउने प्रयास, सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी – Nepal Press

न्यायपालिकालाई लयमा फर्काउने प्रयास, सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी

काठमाडाैं । करीव २ सातादेखिको न्यायिक अराजकता अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोकेर इजलास गठन गरेका छन् ।

यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाइएकोमा आजबाट सबै न्यायाधीशलाई नियमित मुद्दा हेर्न इजलास तोकिएको हो । प्रधान न्यायाधीशले आफ्नो लागि पनि मुद्दाको पेशी तोकेका छन् ।

यसअघि प्रधान न्यायाधीश जबराले सोमवार आफ्नो राजिनामा मागिरहेका न्यायाधीशहरुलाई नियमित न्यायिक काममा फर्किने वा अन्य बाटो रोज्ने भन्ने विकल्प सुझाएका थिए ।

उनले न्यायिक अराजकता लामो समय नरहने भन्दै आजदेखि इजलास तोक्ने बताएका थिए । उनले सोमवार मध्यमार्गी धारका न्यायाधीशहरुको मात्र इजलास तोकेर बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाई गराएका थिए ।

बरिष्ठतम न्यायाधीश दिपक कार्कीको नेतृत्वमा रहेका अशन्तुष्ट न्यायाधीशहरुको बैठकले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र प्रधान न्यायाधीशसँग इजलास शेयरिङ नगर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर