गौरीघाटमा छठको तयारी (तस्बिरहरु) – Nepal Press

गौरीघाटमा छठको तयारी (तस्बिरहरु)

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौंमा पनि शुरु गरिएको छ ।  गुहेश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ ।

छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाइने भएको छ । निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाईने छैन ।

तर गौरीघाट, गुहेश्वरी, गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ । त्यसैगरी पहाडी जिल्लाहरुका कतिपय नदी, किनारा र पोखरीहरुमा पनि यो पर्व मनाउने गरि तयारी थालिएको छ । ४ दिनसम्म विशेष रुपमा मनाईने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ ।

ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरु नखाने चलन छ ।

यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ । छठको पहिलो दिन‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले दोस्रो दिन अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र तेस्रो दिन पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर