प्रचण्डले जहाँ छोयो त्यसलाई समाप्त पार्छन, कांग्रेस पनि नांगो रुख बन्ने निश्चितः विष्ट – Nepal Press

प्रचण्डले जहाँ छोयो त्यसलाई समाप्त पार्छन, कांग्रेस पनि नांगो रुख बन्ने निश्चितः विष्ट

काठमाडौं। नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ छोयो त्यहाँ समाप्त पार्ने इतिहास बनेको आरोप लगाउँदै अब कांग्रेस पनि समाप्त पार्ने दावी गरेका छन्।

एमाले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले बुधबार आयोजना गरेको विजय दशमी, दिपावली, नेपाल सम्वत, छठलागतयका पर्वहरुको शुभकामना कार्यक्रममा बोल्दै सचिव विष्टले आफ्नो स्वार्थको लागि ‘सति जाने’ पहिचान प्रचण्डको बनेको दावी गरे।

एमालेलाई सक्ने रणनीति सफल नभएपछि गठबन्धनको नाममा राजनीति गरहेको आरोप लगाउँदै विष्टले यो कायमै रहे अब कांग्रेस पनि नांगो रुख बन्ने टिप्पणी गरे। ‘एमालेलाई सक्ने रणनीतिमा सफल नभएपछि गठबन्धनको नाममा राजनीति गर्दै हुनुहुन्छ,’ उनको भनाइ छ, ‘यो गठबन्धन यही अवस्थामा रहयो भने प्रचण्डले कांग्रेसको रुखको पातलाई समेत हल्लाएर झारिदिनुहुन्छ। त्यसपछि पात विनाको नांगो रुख कांग्रेस बन्ने निश्चत छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर