बारको आन्दोलन नियन्त्रण गर्न सर्वोच्चमा कडा सुरक्षा (तस्बिरहरु)
काठमाडौं । नेपाल बार एशोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी आन्दोलनको घोषणा गरेपछि सर्वोच्च अदालत परिषरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज बिहान १० बजे नेपाल बार आवद्ध कानून व्यवसायीले सर्वोच्च अदालत अगाडि धर्ना दिएर प्रधानन्यायाधीशलाई कार्यकक्षमा प्रवेश रोक्ने रणनीति लिएका छन् ।
त्यसलाई मध्यनजर गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीलाई सर्वोच्च परिसरमा तैनाथ गरिएको छ ।
देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारसँगै जोडिएको सर्वोच्च अदालत क्षेत्र निषेधित क्षेत्रमा पर्छ । हिजो कानून व्यवसायीले निषेधित क्षेत्र तोडेर कोणसभा आयोजना गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसपछि रुष्ट कानून व्यवसायीले प्रधानन्यायाधीशविरुद्धको निर्णायक आन्दोलनको चेतावनी दिएका थिए । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् ।