आयल निगममा सत्तारुढ दलनिकट विद्यार्थीको घेराउ, महाप्रबन्धकलाई छिर्न नदिने (तस्बिरहरु/भिडिओ)
२०७८ कार्तिक २६ गते ९:५६
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् । विद्यार्थीहरुले आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् ।
निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक पौडेलविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।
मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले हिजो आपूर्तिमन्त्रीलाई मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया
One thought on “आयल निगममा सत्तारुढ दलनिकट विद्यार्थीको घेराउ, महाप्रबन्धकलाई छिर्न नदिने (तस्बिरहरु/भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
बेला बेला नाटक हेर्न पाइएको छ । गाइजात्रा आउन भदौ पर्खनु परेन ।