सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश – Nepal Press

सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

काठमाडौं । नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् ।

बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा प्रधानन्यायाधीश प्रवेश गर्ने अर्को द्वार छ । त्यो द्वार उनले मात्रै प्रयोग गर्छन् र अरु बेला बन्द हुन्छ । सो द्वारमा प्रहरीले कडा सुरक्षा दिएर आन्दोलनकारीलाई आउन दिएका थिएनन् ।

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्ने वकिलहरुको प्रयास असफल भएको छ । उनीहरु अहिले सर्वोच्चको मुल गेटबाहिर प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

  1. राजनीतिक दलका दूत बनेर अदालतमा बेथिति भित्र्याउने वकिलनै हुन । यिनका आन्दोलनको कुनै तुक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर