नेकपा एससँग नजिकिँदै मेयर द्वारिकलाल चौधरी, माधव नेपाल र राजेन्द्र राईलाई घरमा स्वागत – Nepal Press

नेकपा एससँग नजिकिँदै मेयर द्वारिकलाल चौधरी, माधव नेपाल र राजेन्द्र राईलाई घरमा स्वागत

इटहरी । नेकपा एमालेबाट चुनाव जितेका इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपाल नेतृत्वको नेकपा एससँग नजिकिएका छन ।

एक दिन अगाडि नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेको तस्बिर र भिडियो पोस्ट गरेका चौधरीले आज माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका छन् ।

नेकपा एस इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी- ४ का अध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्ने लेखिएको छ ।

नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले प्रवेशका बारेमा औपचारिक निर्णय भने नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर