कांग्रेस पुनर्जागरणका लागि नेतृत्व परिवर्तनको खाँंचो
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरे । उनको यो ‘असंवैधानिक’ कदमले पाँच वर्षका लागि जनताले दिएको जनादेशको अपमान मात्र गरेन लोकतन्त्र नै अँंध्यारो सुरुङभित्र पस्यो ।
ओलीको उक्त कदमविरुद्ध उनकै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगायत अन्य दलका नेताले प्रतिगमन परास्त गर्ने आन्दोलनको उद्घोष गरे ।
तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक त भन्यो तर यसको कांग्रेस नेतृत्वले आन्दोलन गर्न अनिच्छा प्रकट गर्यो । कांग्रेस सभापति शेरबहादुर देउवा ओलीको कदमविरुद्ध आन्दोलन गर्नुभन्दा त्यहीं मौका छोपी चुनावमा जानुपर्ने पक्षमा उभिए ।
पार्टी नेतृत्व असंवैधानिक भनिएको चुनाव घोषणाका लागि तयार भइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल भने चुनावमा जाने होइन, संविधान र लोकतन्त्रलाई ठीक ठाउँंमा ल्याउन आन्दोलनको नेतृत्व गर्ने पक्षमा उभिए । यो विवादले केही समय अन्योलग्रस्त बनेको कांग्रेस अन्त तः पौडेलको लाइनमा आउन बाध्य भयो । यही आन्दोलनकै बीच सर्वोच्च अदालतले दूई–दूई पटक विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना गरेर लोकतन्त्रलाई बचाउने काम गरेको छ । लोकतन्त्र बचाउने अभियानमा कांग्रेसबाट पौडेल सशक्त रुपमा उभिए र आज उनकै नीति ‘प्रिभेल’ गरेर सत्ताको नेतृत्व गर्न सभापति देउवाले पाएका छन् ।
तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक त भन्यो तर यसको कांग्रेस नेतृत्वले आन्दोलन गर्न अनिच्छा प्रकट गर्यो । कांग्रेस सभापति शेरबहादुर देउवा ओलीको कदमविरुद्ध आन्दोलन गर्नुभन्दा त्यहीं मौका छोपी चुनावमा जानुपर्ने पक्षमा उभिए ।
नीति एउटाको नेतृत्व अर्कैको हुने विडम्बनापूर्ण अवस्था नेपालमा देखिने गरेको छ । अहिले कांग्रेस महाअधिवेशनका क्रममा पनि संविधान र लोकतन्त्र बचाउने अभियानका पक्षधर पौडेललाई उमेरको कारण देखाएर देउवासँंगै जोडेर कतिपयले अब नेतृत्व अर्को पुस्तामा आउनुपर्ने विचार व्यक्त गर्न थालेका छन् । पटक पटक सत्ताको नेतृत्व गरेर पनि असफल भएका देउवासँंग ओलीको प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीलाई उभ्याएर सत्ताको नेतृत्व गराउन सफल पौडेलकाबारेमा त्यस्तो विश्लेषण वा टिप्पणी गरिनु कति न्यायोचित होला ?
कांग्रेसको आगामी महाअधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर उमेरको कारण देखाउँंदै पौडेललाई देउवासँंग जोड्नु उपयुक्त हुँंदैन । चारपटक सार्दै कांग्रेसको आगामी महाअधिवेशन मंसिरको अन्तिम साता काठमाडौंमा हुने तय भएको छ । विधानले दिएको समयावधि सकिएको मात्र होइन संविधानले निर्दिष्ट गरेको समय पनि कांग्रेसले पार गरेको छ ।
निर्वाचन आयोगसँंगको याचनापछि कांग्रेसले मंसीरमा महाअधिवेशन गर्न समय पाएको हो । यो सबै देउवाको पार्टी कब्जा गर्ने नीति र अकर्मण्यताले हो । नेतृत्वमा रहेर पनि पार्टीको महाअधिवेशन गर्न नसक्ने देउवासँंग पौडेलको तुलना गरेर उनले पनि कांग्रेस हाँंक्न सक्दैनन् भन्ने तर्क आफैंमा कमजोर छ ।
देउवा यो समयमा पनि महाअधिवेशन गर्न अनिच्छुक भएपनि निर्वाचन आयोगले आगामि माघमा हुने राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा भाग लिन नदिने संकेत गरेपछि मंसिरमा महाअधिवेशन गर्नुपर्ने बाध्यतामा छ कांग्रेस । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीका निम्ति महाधिवेशन गर्नुपर्ने विषयमा पनि लज्जाजनक अवस्था हो ।
नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको दल नेपाली कांग्रेस यति कमजोर इतिहासमा कहिल्यै थिएन । कांग्रेसलाई इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुर्याउने नेतृत्व फेरि पनि दोहोरिए कांग्रेस नउठ्नेगरी समाप्तीको दिशामा जानेछ भन्नेमा अधिकांशमा एउटा ‘रियलाईजेशन’ छ । तर कांग्रेस संस्थापनइतरका तर्फबाट आकांक्षीहरु पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला आफू नै साझा उम्मेदवार बन्नुपर्ने बताइरहँंदा उनीहरुको एकताबिना फेरि पनि देउवा नै नेतृत्वमा आउने हुन् कि भन्ने पनि कार्यकर्तामा चिन्ता देखिन्छ ।
शशांकबाहेकका अन्य उम्मेदवारले आफू साझा उम्मेदवार हुन नसके पनि प्रतिस्पर्धाबाट पछि नहट्ने बताइसकेका छन् । देउवाको पुनः नेतृत्व कांग्रेसका लागि घातक हुन्छ भन्ने कुरा संस्थापनइतरमा मात्र होइन स्वयं देउवाको सधैं निकट रहेर काम गरेका उपसभापति निधिले त्यही निष्कर्षसहित सभापति पदका लागि चुनाव लड्ने घोषणा गरेका छन् ।
निर्वाचन आयोगसँंगको याचनापछि कांग्रेसले मंसीरमा महाअधिवेशन गर्न समय पाएको हो । यो सबै देउवाको पार्टी कब्जा गर्ने नीति र अकर्मण्यताले हो । नेतृत्वमा रहेर पनि पार्टीको महाअधिवेशन गर्न नसक्ने देउवासँंग पौडेलको तुलना गरेर उनले पनि कांग्रेस हाँंक्न सक्दैनन् भन्ने तर्क आफैंमा कमजोर छ ।
देउवाले फेरि कांग्रेसको नेतृत्व हत्याए भने कांग्रेसको अवस्था अप्रासांगिक जस्तै हुनेमा शंका छैन तर देउवाले कमजोर बनाएको कांग्रेसको पुनर्जागरण र सुधार कसको नेतृत्वमा सम्भव होला ? कांग्रेस महाअधिवेशनका लागि यतिबेलाको मुख्य चुनौती र बहसको विषय यहि हो ।
संस्थापनइतर समूहबाट अहिले वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक, पूर्वमहामन्त्री सिंह र प्रभावशाली नेता डा. शेखरले सभापति पदका लागि दावी गर्दै आएका छन् । पौडेलबाहेक अन्य तीनजनामध्ये एकले सभापति पदमा चुनाव लड्नुपर्छ भनेर वकालत गर्नेहरूले पौडेलको उमेरलाई देखाएर अथवा उनले देउवालाई हराउन नसक्ने कारण देखाएर आफ्नो पक्षमा तर्क गर्ने गरेका छन् ।
पार्टीलाई सबल नेतृत्व दिनका लागि शारिरिक रुपले पनि मानिस पूर्ण स्वस्थ्य र सक्रिय हुन जरुरी छ । यो अर्थमा सकेसम्म कम उमेर भएको नेतृत्व भए उपयुक्त हुने एउटा कारण सहि हो । तर उमेर बढी हुँंदैमा नेतृत्व प्रदान गर्न सक्षम नहुने र उमेर कम हुँंदैमा उसले नेतृत्व दिन सक्षम हुने भन्ने तर्क आफैंमा गलत हो ।
विचार, आचरण र क्षमताले नेतृत्व प्रदान गर्ने हो, उमेरले होइन । अहिले दावी गरिएका नेतामध्ये देउवा उनका समकालिन नै भए । बाँंकी उम्मेदवारको हकमा पनि पौडेल त्यति धेरै फरकको उमेरका छैनन् । चारजनामध्ये उनको उमेर ५ देखि १० बर्षले फरक होला । तर शारीरिक स्वस्थ्य अवस्था ती कुनै पनि उम्मेदवार भन्दा पौडेलको त्यसतो कमजोर देखिँदैन ।
देउवाले कांग्रेस र लोकतन्त्रमा विकृति, विसंगति र अनैतिक खेल भित्राएको वृद्ध भएपछि होइन । आजभन्दा २५ बर्ष पहिले जुनबेला उनी युवा नेता थिए, त्यहीबेला नै संसदीय प्रजातन्त्रलाई बदनाम गराउने अनेकौं विकृति उनैले भित्र्याए । कांग्रेस राजनीतिमा थोरै भएपनि देउवाभन्दा केही समय पहिलेदेखि सक्रिय पौडेल कांग्रेसभित्र यस्तो नेता हुन् २०४६ सालमा बहुदल आएपछि निरन्तर राज्य र सरकारका विभिन्न तहको जिम्मेवारी सम्हालेर पनि बेदाग अहिलेको अवस्थासम्म आइपुगेका छन् ।
यसमानेमा उनी तुलनात्मक रुपले स्वच्छ छवि भएका नेता पनि हुन् । उनीजस्तै पटक–पटक जिम्मेवारी पाएका कांग्रेसभित्रका प्रायः सबै नेताहरू कति भ्रष्टाचारमा जेल पुगे भने संयोगले जेल जानबाट जोगिएका देउवाजस्ता नेताहरू विकृतिको ‘नायक’ सिद्ध भए । यसको अर्थ बाँंकी रहेका अन्य उम्मेदवारमा दाग लागेको छ भन्ने पनि होइन । तर तुलनात्मक रुपले उनीहरू कतिपय लाभको पद नपाएका कारण बेदागी देखिएका हुन् भने कतिपयले त्यति धेरै जिम्मेवारी नपाइसकेको अवस्था हो । अर्थात्् विकृति, विसंगति र भ्रष्टाचारका कारण कमजोर भएको कांग्रेसका लागि पौडेलजस्तो स्वच्छ आचरण भएको नेतृत्वबाट कांग्रेसमा केही सुधार होला भन्ने आशा गर्ने ठाउँं छ ।
बहुदल स्थापना भएको यतिका वर्ष पटक–पटक सत्तामा पुगेर पनि जनताका पक्षमा काम गर्न नसकेको, जनतसमक्ष सेवा प्रवाह गर्न नसकेको र लोकतान्त्रिक पद्धति बसाल्नुको साटो शासन प्रणाली सञ्चालनमा गलत परम्परा सुरु गरेको भनेर कांग्रेसलाई बात लाग्दै आएको हो ।
खासगरी दोस्रो जनआन्दोलनपछि कांग्रेसले आफ्नो विचारधारा त्याग गरेर माओवादीको एजेन्डामा लागेको, वीपीको सिद्धान्त बिर्सिएको भन्ने सन्देश प्रवाहित हुनु पनि कांग्रेस कमजोर हुनुको अर्को कारण हो । कांग्रेस नेतृत्वमा शान्ति प्रक्रिया सम्पन्न भयो, गणतन्त्र आयो र संविधान निर्माण भयो तर कांग्रेसले जनतामा यी सबै काम कांग्रेसकै सिद्धान्तअनुकुल छन् र कांग्रेसबाहेक अन्यको नेतृत्वमा सम्भव थिएन भनेर बुझाउन सकेन । खासगरी गत आमनिर्वाचनमा कांग्रेसको नेतृत्व यस्तो पात्रको हातमा थियो, जसले यो परिवर्तनलाई अन्तस्करणदेखि नै स्वीकार गर्न सकेको थिएन ।
अन्तस्करणदेखि स्वीकार नगरेको नेतृत्वले जनतालाई यो परिवर्तनको द्योतक कांग्रेस हो भनेर बुझाउने सामथ्र्य राख्ने कुरै थिएन । आखिर त्यहि भयो । दृष्टिकोणहिन कांग्रेस नेतृत्वबाट ‘कम्युनिस्ट आए हाँंस्न पनि पाइन्न, रुन पनि पाइन्न’ भन्नेजस्ता कुरा गर्दा जनताले पत्याएनन् । कांग्रेस सर्मनाकरुपले पराजित भयो । समकालीन राजनीतिमा देखिएका नेतामध्ये संघीय लोकतान्त्रिक गणतन्त्रलाई अन्तस्करणदेखि स्वीकार गर्ने थोरै नेतामध्ये पौडेल पनि एक हुन् ।
तुलनात्मक रुपले उनको नेतृत्वको कांग्रेस भए सगौरव यो परिवर्तनमा कांग्रेसको निर्विकल्प नेतृत्वबारे जनतालाई बुझाउने सामथ्र्य पैदा हुन्छ भन्दा गलत नहोला । वैचारिक दृष्टिकोणले पनि अहिलेका दावेदारमध्ये पौडेल कम्युनिस्टसँंग प्रतिवाद गर्नसक्ने वैचारिक क्षमता भएका नेता हुन् । बाँंकी सबै दावेदार वैचारिक रुपले उनीभन्दा कमजोर देखिन्छन् । पौडेलले कांग्रेस पुर्नजागरणका अवधारणा अघि सारेका छन् । उनले सँंधैभरी कृषिक्रान्ति र ‘गाउँंलाई बसौं बसौं बनाऔ’ं भन्नेजस्ता वीपीको समाजवाद प्रभावित विचारहरूले केही हदसम्म भए पनि कांग्रेस कार्यकर्तालाई उर्जा प्रदान गर्दै आएका छन् ।
सभापति दावी गर्ने बाँंकी कसैले अबको कांग्रेस कस्तो हुने भन्ने दृष्टिकोण अघि सार्न सकेको देखिदैंन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई वा गिरिजाप्रसाद कोइरालाजस्ता ‘टावरिङ’ पर्सनालिटी नभएको कांग्रेसमा अब केही न केही नयाँं विचार दिन नसक्ने नेताबाट पार्टी चल्दैन । पौडेलमा चमत्कारिक क्षमता त छैन तर प्रदिप गिरिजस्ता केहि प्रखर विद्वानबाहेक कांग्रेसमा वीपीको समाजवादलाई अहिलेको सन्दर्भमा व्याख्या गरेर पार्टी दृष्टिकोण अगाडि ल्याउनसक्ने अलिकति क्षमता छ भने दावेदारमध्ये त्यो पौडेल सँंगै छ । त्यो क्षमता अहिलेसम्म अरुले प्रदर्शन गर्न सकेको देखिएन । सुशील कोइराला सभापति हुँंदा उपसभापति र नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकका हैसियतले उनले देशब्यापी रुपमा वैचारिक अभियान चलाएर संगठनमा उर्जा ल्याएको घटना यसको उदाहरण हो ।
संविधान निर्माणका क्रममा पनि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका सुशीललाई पौडेलको पूर्ण साथ र सहयोग थियो । संविधानका लोकतान्त्रिक अन्र्तवस्तुमा कम्युनिस्टहरूसँंग सुशीलको चट्टानी अडानपछाडि पौडेलको सुझबुझपूर्ण सुझावले ठूलो काम गरेको सुशीलले त्यसबेलै आफ्नानिकटहरूसँंग बताउने गरेका थिए । कम्युनिस्टसँंग वैचारिक रुपले लोकतन्त्रका पक्षमा प्रतिवाद गर्ने क्षमता उनमा कति छ भन्ने कुरा पौडेलले सभामुख पद सम्हाल्दा नै पुष्टी गरेका थिए । विचार र सिद्धान्त तथा आचरणका हिसाबले कमजोर भएको कांग्रेसमा केही सुधार गर्ने हो भने अहिले देखिएका उम्मेदवारमध्ये पौडेल नै यस दृष्टिकोणले पनि उपयुक्त देखिन्छन् ।
कतिपयले कृष्ण सिटौलालाई देखाएर पौडेल उम्मेदवार बने उनी फेरि देउवा पक्षमा जाने र पौडेलले हार्ने तर्क गरेका छन् । असल र सहि नेतृत्व कांग्रेसमा आउन लाग्दा सिटौलाले हराउलान् भन्ने तर्क गरेर उनलाई पन्छाउनु कति न्यायोचित हुन्छ ? सिटौलाले हराउँंदा हार्ने र जिताउँंदा जित्ने नेतृत्व नै कांग्रेसमा भइरहने हो भने के कांग्रेस सुध्रिएला ? हो, अघिल्लो पटक सिटौलाकै कारणले पौडेल पराजित भए र देउवा सभापति बने । देउवा सभापति बनेको कांग्रेस आज कस्तो छ ? त्यहि कारण कांग्रेसले आज यो दुर्गति भोग्नुपर्यो भनेर कांग्रेस महाअधिवेशन प्रतिनिधिलाई बुझाउन सक्नुपर्छ । अघिल्लो पटक सिटौलाको त्यति सामथ्र्य गगन थापाजस्ता लोकप्रीय नेताको साथले बनेको हो ।
तर ती लोकप्रीय युवा नेताहरूमा एउटा ‘रियलाइजेशन’ आइसकेको छ कि अब देउवाकै नेतृत्वमा आफूहरू कांग्रेसको महामन्त्री वा सहमहामन्त्रीजस्ता पदमा पुगे पनि त्यसको औचित्य हुने छैन । त्यहि भएर आफूहरूको कारणले अब देउवा सभापति नबनुन् भन्नेमा उनीहरू सचेत देखिन्छन् । तर अझै पनि पार्टीभित्र सिटौलाको केही शक्ति कायम छ । यो शक्ति आफूतिर लगाउन पौडेलले प्रयत्न जारी राख्नुुपर्छ ।
पौडेलले पनि सिटौलालाई उनको नेतृत्वमा राजनीतिक संरक्षण हुन्छ भनेर आश्वस्त पार्न सक्नुपर्छ । पार्टीका नेताहरुलाई समेट्न र आफ्नो नेतृत्वमा उनीहरुको राजनीतिक भविष्य सुरक्षित छ भनेर आश्वस्त पार्ने कुरामा अन्य नेताभन्दा पौडेल कमजोर मानिन्छन् । उनको घेरा अलिक सानो हुने गरेको भनेर आलोचना हुने गरेको छ । पौडेलले आफ्नो यो कमजोरी हटाएर उदारता प्रकट भने गर्नुपर्छ ।
देउवा सत्ता र शक्ति हत्याउन जे पनि गर्न तयार हुने नेता हुन् । उनी अहिले सत्तामा भएकाले यसको दुरुपयोग हुने सम्भावना बढि नै छ । उनले फेरि कांग्रेसको सभापति बन्न पैसा, पावर जे पनि प्रयोग गर्न सक्छन् । महाअधिवेशन प्रभावित गर्नकै लागि उनले कांग्रेसजस्तो पार्टीको पदाधिकारी बाँंडेर पार्टीलाई दक्षिणपन्थीकरण गरिसके । विमलेन्द्र निधि उम्मेदवार बन्दाबन्दै पनि उनी फेरि यी सबै हत्कन्डा अपनाएर पनि चुनाव जित्न सक्छु भन्ने विश्वासमा प्रतिस्पर्धा गर्न तयार भएका हुन् । यस्तो अवस्थामा पौडेल समूहको एकता चुनाव जित्ने पहिलो आधार हो । त्यसका लागि कसलाई बनाउँंदा उपयुक्त होला त ? यो अर्को महत्वपूर्ण पक्ष हो ।
वर्तमान महामन्त्री शशांक वीपी पुत्र भएका कारण आफूले मात्रै देउवालाई हराउन सक्ने बताउँंछन् । वीपी पुत्र हुनुका नाताले कांग्रेसभित्र तुलनात्मक रुपले सबैभन्दा बढि स्वीकार्यता उनको थियो । यसमा सत्यता छ । त्यहि भएर गगन थापाजस्ता लोकप्रिय नेता बागी उम्मेदवार बन्दाबन्दै पनि शशांक महामन्त्रीमा निर्वाचित भए । तर सँंधै वीपीको नामले बनेको स्वीकार्यता टिकिरहँंदैन ।
त्यसमा स्वयं उनको पनि भूमिका हुनुपर्छ । महामन्त्रीका रुपमा शशांकको भूमिका जति प्रभावकारी हुनुपर्थ्यो, त्यति हुन सकेन भन्ने गुनासो कांग्रेसवृत्तमा सुन्ने गरिन्छ । संगठनको दौडधुप, कार्यकर्ताको संरक्षण र क्रियाशीलताका दृष्टिकोणले पूर्वमहामन्त्री सिंह र डा.शेखरले पनि आफूलाई सभापतिको दावेदारका रुपमा प्रस्तुत गरेका छन् । सिंह गणेशमान सिंहका पुत्र र शेखर वीपी र गिरिजाप्रसादको भतिजा भएकाले यी दुवैको स्वीकार्यता पनि छ । तर को सभापति हुने भन्ने विषयमा पूर्व महामन्त्री सिंह वा शेखरका लागि वर्तमान महामन्त्री शसांकले किन छोड्ने वा यी दुईमध्ये पनि वरिष्ठताको जटिलता आउन सक्छ ।
यो अवस्थामा सबैले स्वीकारेको र नेतासमेत मानेर आएका पौडेलका नाममा सबैलाई सहमति गरेर अघि बढ्न सजिलो पनि छ । पौडेल यी तीनै जनाले आदरपूर्वक नेता मानेका वरिष्ठ दावेदार पनि हुन् ।
पौडेलको नेतृत्वमा वीपी पुत्र, गणेशमान पुत्र र कोइराला परिवारका सुझबुझपूर्ण उत्तराधिकार सबैलाई मिलाएर जान सकिने ‘स्पेस’ पनि छ । यसो भनेर पौडेल सर्वगुण सम्पन्न पनि छैनन् । कार्यकर्ताको संरक्षणमा उनी कमजोर सावित भएका विषय पनि उठ्ने नगरेका होइनन् । उनका वैयक्तिक आनीबानी र व्यवाहारका कारण नै देउवाजस्ता खराव पात्रले स्थान पाउन सफल भइरहेको भन्ने पनि एकथरीको आलोचना छ । तर मानिस सबै सर्वगुण सम्पन्न हुँंदैन । उसका केही न केही कमजोरी पनि हुन्छन् ।
मानिसका गुण र अवगुण सबैको सूचि बनाएर तुलना गर्दा गुणभन्दा अवगुण बढी भए खराब र अवगुणभन्दा गुण बढी भए असल मानिस भनिने मूल्यांकनको सर्वव्यापी तरिका यहि हो । यसअर्थमा पौडेलका अवगुणका तुलनामा गुणको सूची लामो छ । उनी लोकतन्त्रको सन्दर्भमा कसैसँंग सम्झौंता गर्दैनन्, समकालीन नेताहरूमा उनी तुलनात्मक रुपले स्वच्छ छन् ।
विचार दृष्टिकोणको हिशाबले कांग्रेसमा अहिले सभापति रहेका र अब बन्ने दौडमा देखिएकामध्ये पौडेल नै अब्बल छन् र सबैभन्दा वरिष्ठ पनि । उनका समकक्षीहरू कांग्रेसको सभापति र पटक पटक प्रधानमन्त्री भैसक्दा उनलाई यो बाटो छेक्नु अन्याय पनि हो । देउवा पराजित गर्न आवश्यक पर्ने पौडेल समूहको एकताको मजुवत समीकरणका लागि उनको नेतृत्वमा सबै अटाउँंछन पनि । यो समीकरणमा सादगी नेता महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रलाई पनि ल्याउन सके देउवा बर्हिगमनको यात्रा महाअधिवेशन नआउँंदै सुरु हुनेछ र यसले कांग्रेस पुर्नजागरणका लागि साँंच्चिकै एउटा सन्देश पनि प्रवाहित गर्नेछ ।
(लेखक नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य हुन् ।)