प्रकाशमान सुटुक्क दिल्लीतिर – Nepal Press

प्रकाशमान सुटुक्क दिल्लीतिर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्लीतर्फ लागेका छन् । पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषण गरेका सिंह नेपालगञ्जबाट लखनउ हुँदै दिल्लीतर्फ लागेका हुन् ।

कांग्रेसनिकट स्रोतले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार पूर्व महामन्त्री सिंह बर्दियामा आयोजित पार्टीको कार्यक्रममा सहभागि भएर नेपालगञ्जबाट रुपैडिया नाका हुँदै लखनउबाट दिल्लीतर्फ लागेका हुन् । सिंहको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणका दौरान सिंहले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने जनाइएको छ ।

कांग्रेस सह-महामन्त्री सुनीलबहादुर थापापनि हालै भारत भ्रमणबाट फर्केका छन् । भारतबाट फर्किएलगत्तै थापाले सिंहसँग भेट गरेको स्रोतको दावी छ । सिंहको भारत भ्रमणबारे उनको सचिवालयले भने पुष्टी गरेको छैन । १४ औं महाधिवेशनमा सभापतिको प्रत्याशी रहेका सिंह आज वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा समेत अनुपस्थित रहे ।

नेता सिंह बुधबार गणेशमान सिंह जयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागि भएका थिए । सो कार्यक्रममा सिंहले सत्तारुढ गठबन्धनले बनाएको समन्वय समितिको औचित्य नरहेको टिप्पणी गरेका थिए ।

वरिष्ठ नेता पौडेलसँग पछिल्लो समय सिंहको दूरी बढेको बताइन्छ । अघिल्लो महाधिवेशनमा पौडेललाई आफूले सहयोग गरेकोले यसपटक आफूलाई सहयोग गर्नुपर्ने सिंहको भनाई छ । सभापतिको दावेदारीबाट यसपटक कुनैपनि हालतमा फिर्ता नहुने गरी सिंहले तयारी थालेको निकटस्थहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर