दैलेख दुई बाट तीन दलित एमाले महाधिवेसन प्रतिनिधि छानिए, खुल्ला र महिलामा चुनावको तयारी
नेपाल प्रेस
२०७८ कार्तिक २६ गते १९:३९
सुर्खेत । दैलेख दुई बाट तीन जना दलित एमालेको महाधिवेशन प्रतिनिधिमा छानिएका छन् । दयाराम बिक, गोमता बिक र हिक्मत बिक दलित कोटाबाट सर्बसम्मत छानिएका हुन् ।
खुला तर्फका उम्मेदवार शेरबहादुर रावतले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार खुलातर्फ ८ जना छानिनुपर्नेमा ३३ जनाले उम्मेदवारी दिएका छन् । महिलातर्फ तीन जनाको सिटमा दस जनाले उम्मेदवारी दिएका छन् ।
रावतका अनुसार रातभरि कुनै सहमति नजुटे वा केन्द्रबाट निर्देशन नआए भोलि बिहान दस बजे मतदान सुरु हुनेछ । साथै मतदानका लागि मतपत्र समेत छाप्ने तयारी निर्वाचन मण्डलले गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर