यी हुन् समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य (सूचीसहित)
काठमाडौं । विवादबीच माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ ।
समाजवादी प्रेस संगठन नाम दिइएको समितिको संयोजकमा पत्रकार शम्भु श्रेष्ठ चुनिएका छन् । त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् । उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाहलगायत चुनिएका छन् ।
संस्थापक पदाधिकारी एवं सदस्य घोषणा कार्यक्रममा तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी भएको भन्दै असहमति जनाएका छन् ।
हेर्नुहोस् विवादबीच आज घोषणा भएका समाजवादी प्रेस संगठनका संस्थापक सदस्यहरु
संख्या बढाउनका लागि जसकाे नाम राखिदिए पनि हुने चलन अाएकाे रहेछ । मसंग कुनै सल्लाह छैन, जानकारी छैन, एकाएक मेराे नाम पनि संस्थापकमा अायाे । याे दुर्भाग्यपूर्ण छ, संगठन निर्माण गर्नेहरूकाे हैसियत यसैबाट नाप्न सकिन्छ ।