दिल्लीमा वायुप्रदूषण विकराल : दुई दिन लकडाउन गर्नेबारे अदालतले खोज्यो सरकारी राय
दिल्ली । राजधानी दिल्ली लगायत वरपरका सहरमा वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतकोे सर्वोच्च अदालतले प्रदूषण नियन्त्रणका उपायहरु पेश गर्न केन्द्र र राज्य सरकारहरुलाई निर्देशन दिएको छ ।
प्रधानन्यायाधीश एनभी रामणाले वायू प्रदूषण नियन्त्रणका दीर्घकालिन उपायलाई प्राथमिकता राख्दै आपतकालिन योजना पेश गर्न भनेका हुन् । उनले भने, ‘तपाईले देख्नुभएकै छ परिस्थिती कति खराब छ भनेर । घरमा समेत हामीले मास्क लगाएर बस्नुपरेको छ ।’
अदालतले सोमबार प्रदूषण नियन्त्रणका योजना पेश गर्न निर्देशन दिएको हो । उनले भने, ‘कस्ता आपतकालिन योजना ल्याउँछौं हामीलाई भन । दुई दिने लकडाउन ? एक्यूआइ तह घटाउने योजना कस्तो छ ?’
भारतको केन्द्र र राज्य सरकारबीच वायु प्रदूषणलाई लिएर आज अपरान्ह आपतकालिन बैठक बस्दैछ । केन्द्र सरकारसहित पञ्जाव र हरियाणालाई समेत सरकारले निर्देशन दिएको हो । अदालतले प्रदूषणको स्थितीमा सुधार आउने गरी केही दिनभित्रै योजना ल्याउन भनेको हो ।
‘अहिले दिल्लीको अवस्था दैनिक २० खिल्ली चुरोट पिएजत्तिकै हानिकारक छ’ ती राज्यले अदालत भनेका छन्, ‘परिस्थितीको गाम्भिर्यताप्रति हामी सहमत छौं ।’ शुक्रबार दिल्लीमा यसवर्षकै खराब वायू प्रदूषणको अवस्था थियो । प्रदूषण नियामक निकायले दिल्लीबासीलाई घरमै बस्न सूचना जारी गरेको थियो ।
पछिल्लो समय दिल्लीसहितका भारतीय सहरमा एक्यूआइ तहमा गिरावट आइरहेको छ ।