झलनाथको दस्तावेज– जबज मार्गदर्शक सिद्धान्त होइन, एमालेको धङधङीबाट मुक्त बनौं (पूर्णपाठ) – Nepal Press

झलनाथको दस्तावेज– जबज मार्गदर्शक सिद्धान्त होइन, एमालेको धङधङीबाट मुक्त बनौं (पूर्णपाठ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) बदलिँदो परिस्थितिमा राजनीतिक मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबार सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा दस्तावेज प्रस्तुत गर्दै खनालले मार्क्सवाद, लेलिनवाद नै आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका छन्।

‘अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन,’ उनको मत छ, ‘मार्क्सवाद–लेलिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त हो। त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नु पर्छ। त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्न सक्छौं ।’

समाजवादबारे खनालको दृष्टिकोण–

– यो पुँजीवादी लोकतन्त्रभन्दा गुणात्मक रूपले नै उन्नत हुन्छ ।

– सबै लोकतन्त्रहरु वर्गीय समाजका प्रतिबिम्ब हुन् ।

– समाजमा जस्तो वर्गीय संरचना, वर्गीय अन्तरविरोध र वर्ग सम्बन्धहरू हुन्छन्, त्यो समाजमा लोकतन्त्र तीनै वर्ग सम्बन्धहरूको प्रतिबिम्ब हुन्छ ।

– समाजवादी समाजमा पुगेपछि शत्रुतापूर्ण वर्ग सम्बन्धहरु समाप्त हुन्छन्। त्यहाँ पुँजीपति र सर्वहारा वर्गबीचको शत्रुतापूर्ण सम्बन्ध पनि हुँदैन ।

– समाजवाद स्थापना हुँदा यी दुईवटै वस्तुगत आधारहरु नष्ट भइसकेका हुन्छन् । समाजवादी समाजमा श्रमिक वर्ग, किसानहरु र वुद्धिजिबी, जसलाई आमरुपमा निम्न पुंजीपति वर्ग भनिन्छ। त्यो मात्र रहेका हुन्छन्।

– समाजवादमा मौलिक अधिकार, मानवअधिकार, निर्वाचन प्रणाली, बालिक मताधिकार, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबै हुन्छन् । तर पुँजीवादी लोकतन्त्रमा जस्तो बहुदलीय प्रतिस्पर्धा गर्ने वस्तुगत आधार हुँदैन। त्यसैले समाजवादी लोकतन्त्र, पुँजीवादी लोकतन्त्रभन्दा गुणात्मक रूपले नै भिन्न हुन्छ। ।

– समाजवादी समाज भनेको वर्गीय विभेद, लैङ्गिक विभेद, सामाजिक विभेदहरू अन्त्य गर्दै समाजलाई विभेदमुक्त श्रमिक समुदायमा रुपान्तरण गर्ने व्यवस्था हो । समाजवादले उपरोक्त विभेदको साथै शारीरिक श्रम र मानासिक श्रमबीचको विभेदमा सहर र गाउँबीचको विभेदलाई पनि अन्त्य गर्छ ।

हेर्नुहोस् खनालले प्रस्तुत गरेको प्रतिवेदनको पूर्णपाठ



प्रतिक्रिया

2 thoughts on “झलनाथको दस्तावेज– जबज मार्गदर्शक सिद्धान्त होइन, एमालेको धङधङीबाट मुक्त बनौं (पूर्णपाठ)

  1. बुढा आफैले आफैलाई सम्मानित नेता पनि लाष्टमा लेख्न भ्याएछन् ।

  2. दक्षप्रजापतीले जनताको बहुदलीय जनवाद असान्दर्भिक भैसक्यो भनेछन्। तर मेरो विचारमा जबज होइन दक्षप्रजापती नै असान्दर्भिक भैसके।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर