कांग्रेस पदाधिकारीबीच विधान महाधिवेशन छुट्टै गर्ने सहमति
नेपाल प्रेस
२०७८ कार्तिक २८ गते १७:३४
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ । यसअघिको महाधिवेशनमा विधान संशोधन प्रस्तावमा छलफल हुने गरेकोमा योपटक सो एजेण्डा नहुने नेताहरूले बताएका छन् ।
पछि विधान महाधिवेशन छुट्टै गर्ने पदाधिकारीबीच सहमति भएकोले विधान संशोधन समिति नबन्ने भएको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया