एमाले महाधिवेशनका लागि ८५ प्रतिशत प्रतिनिधि छानिए
नेपाल प्रेस
२०७८ कार्तिक २८ गते १७:५८
काठमाडौं । नेकपा (एमाले) ले १० औं महाविधेशनका लागि करिब ८५ प्रतिशत प्रतिनिधिको छनोट सम्पन्न गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आगामी मंसिर १०-१२ गते चितवनमा आयोजना हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको बताएका छन् ।
एमालेले शनिबार देशैभर महाधिवेशन प्रतिनिधि चयन गरेको थियो । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट प्रतिनिधि चयन गरिएको बताइएको छ।
महाधिवेशनमा एमालेका १ हजार ९ सय ९९ प्रतिनिधि हुनेछन् ।
प्रतिक्रिया