न्यायालय विवादमा नेकपा एस एक्लै नबोल्ने, गठबन्धनमा साझा धारणा बनाउने (निर्णयसहित\भिडिओ)
काठमाडौं । न्यायालयको जारी विवादमा नेकपा (एकीकृत समाजवादी) एक्लै नबोल्ने भएको छ। यसबारे गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने दुई दिनदेखि चलेको केन्द्रीय कमिटी बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘गठबन्धनमा छौं, सरकार र गठबन्नको एउटै धारणा आउन आश्यक छ,’ खतिवडाले भने, ‘एक्लै नबोल्ने, सबैसँगै बोल्ने हाम्रो नीति छ।’ न्यालयको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा एसले यो विषयमा राजनीतिक दलहरुको एकीकृत अवधारणा आउनुपर्नेमा जोड दिएको छ।
‘यो संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ,’ नेकपा एसले भनेको छ।