कांग्रेसको महाधिवेशन तयारी, पैसा खोज्ने जिम्मा सञ्चारमन्त्रीलाई ! – Nepal Press

कांग्रेसको महाधिवेशन तयारी, पैसा खोज्ने जिम्मा सञ्चारमन्त्रीलाई !

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरेको छ।

सभपति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको केन्द्रीय समिति बैठकले सभापति देउवाको नेतृत्वमा मुल तयारी समिति गठन गरेको हो।

महाधिवेशनमा अर्थ संकलनको जिम्मेवारी सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ। यस्तै भोजन तथा आवासका लागि सुरेन्द्र पाण्डे, विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महत, प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिइएको छ।

स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन्। मञ्च व्यवस्थापनमा काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन्।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २१ गतेदेखि नै उम्मेदवारी दर्ताका काम सुरू हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर