अवरोध छल्दै प्रधानन्यायाधीश सर्वोच्च छिरे
नेपाल प्रेस
२०७८ कार्तिक २९ गते १०:५७
काठमाडौं । कानून व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश सुरक्षित तवरले सर्वोच्च प्रवेश गरेका छन् ।
अघिल्ला दिनहरुमा जस्तै उनी वैकल्पिक द्वारबाट सर्वोच्च छिरेका हुन् । कानून व्यवसायीहरुले आज पनि सर्वोच्चको मुल गेटमा धर्ना दिइरहेका छन् ।
उनीहरुको प्रदर्शन छल्दै प्रधानन्याधीशलाई सुरक्षाकर्मीले अर्कोट्टिको गेटबाट भित्र छिराएका हुन् ।
प्रतिक्रिया