प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपाल प्रेस
२०७८ कार्तिक २९ गते ११:२७
रूपन्देही । प्युठानको मल्लरानी गाउँपालिका–३ बुकेनीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा २९ वर्षीय चालक गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।
बुकेनीबाट खलङ्गाका लागि छुटेको रा १ ज १९९२ नम्बरको गाडीमा दुई जना रहेकामा सहचालक भने घाइते भएका छन्।
सहकचालक प्युठान नगरपालिका ४ बस्ने १६ वर्षीय विवेक नेपाली घाइते भएका हुन् । उपचारका लागि उनलाई प्युठान अस्पताल बिजुवार ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर